तेस्रो स्थानमा उक्लियो युनाइटेड - Crazysaptahik.com

तेस्रो स्थानमा उक्लियो युनाइटेड

रेलिगेसनबाट बच्न संघर्षरत नटिङहम फरेस्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको जीतमा एन्टोनी नायक बने । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए ।

खेलको ३२ औँ मिनेटमा एन्टोलीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले डिओगो डालोटका लागि गोलको अवसर सिर्जना गरे ।

जीतसँगै युनाइटेड चौथो स्थानमा रहेको न्युक्यासलभन्दा ३ अंकले अघि रहेको छ । पाँचौ स्थानमा रहेको टोटनहम हटस्पर्सभन्दा युनाइटेड ६ अंकले अघि रहेको छ ।

सम्बन्धित खवर