पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिड्स ६–१ गोल अन्तरले पराजित - Crazysaptahik.com

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिड्स ६–१ गोल अन्तरले पराजित

प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औँ मिनेटमा गाक्पो र ३९औँ मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए । उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन ।

दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोस्टमा लगातार हानिरह्यो । दोस्रो हाफको सुरुवाती अर्थात ५२ औँ मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पुयाइदिए ।

यस्तै, ७३औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अङ्क बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अङ्कसहित १६औँ स्थानमा छ ।

सम्बन्धित खवर