ए डिभिजन लिगमा दसौँ चरणको खेल हुँदै - Crazysaptahik.com

ए डिभिजन लिगमा दसौँ चरणको खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दसौँ चरणको खेल सुरु हुँदैछ । जसअनुसार दुई खेल हुनेछन् । पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो तीन बजे सुरु हुनेछ । खुमलटार ९ खेलबाट १० अङ्क जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अङ्कका साथ लिगको पुछारबाट दोस्रोमा छ ।

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ । मनाङ ९ खेलबाट १५ अङ्क जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अङ्कका साथ लिगको आठौँ स्थानमा छ ।

सम्बन्धित खवर