एसीसी प्रिमियर कप क्रिकेट : आज पनि दुई खेल हुँदै - Crazysaptahik.com

एसीसी प्रिमियर कप क्रिकेट : आज पनि दुई खेल हुँदै

आज पनि दुई खेल हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको उदघाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो भने अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो। हङकङ र सिंगापुरको खेल भने मुलपानी मैदानमा भएको थियो ।

सम्बन्धित खवर