आईपीएल क्रिकेटमा मुम्बईको तेस्रो जित - Crazysaptahik.com

आईपीएल क्रिकेटमा मुम्बईको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै जित दर्ता गरेको हो।

राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ । प्रतियोगितामा आज राजस्थान र लखनउबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित खवर