राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले ’ओडिआई’मा बनाए नयाँ इतिहास - Crazysaptahik.com

राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले ’ओडिआई’मा बनाए नयाँ इतिहास

नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेरका थिए ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए ।

उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

सम्बन्धित खवर