सन्दीपको घातक बलिङ, नेपाललाई पाँचौं सफलता - Crazysaptahik.com

सन्दीपको घातक बलिङ, नेपाललाई पाँचौं सफलता

एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो ।जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा १०९ रन मात्र जोडेको छ ।

हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी र सन्दीप ऐरीले एक–एक विकेट लिएका छन् । ऐरीले २२.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए ।

स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।

सम्बन्धित खवर