सन्दीपलाई बधाई दिँदै पारस खड्काले भने–वेलडन - Crazysaptahik.com

सन्दीपलाई बधाई दिँदै पारस खड्काले भने–वेलडन

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पीनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो ४२ औं खेलमा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।

पारसले ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस् । वेलडन सन्दीप लामिछाने’ भन्दै सन्दीपको कीर्तिमानमा खुसी व्यक्त गरेका हुन् ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.