नेपाललाई सातौं सफलता, ओमान संकटमा - Crazysaptahik.com

नेपाललाई सातौं सफलता, ओमान संकटमा

एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ। ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ७ विकेट गुमाएर ४२ ओभरको समाप्तिमा २१० रन जोडेको छ ।

हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, दिपेन्द्रसिंह ऐरीले दुई, ललित राजवंशी र करण केसीले एक–एक विकेट लिएका छन् । ४२.२ ओभरमा करण केसीले ६६ रन बनाएर खेलिरहेका मोहम्मद नदिमलाई आउट गरे ।

नादिम मिडअफ क्षेत्रमा कप्तान रोहितकुमार पौडेलको हातबाट क्याचआउट भए । यस्तै ४१.१ ओभरमा ऐरीले ओमानका सन्दीप गौडलाई आउट गराएका हुन्। गौडको प्रहार लङअफ क्षेत्रको बाउन्ड्री लाइन नजिकैबाट सोमपाल कामीले क्याचआउट गराएका थिए ।

यता ऐरीले २२.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए । स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।

सम्बन्धित खवर