मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो - Crazysaptahik.com

मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लबले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो ।

मच्छिन्द्र क्लबविरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो । यसअघि पहिलो मिनेटबाट दबाब दिएर खेलेको मच्छिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

पाचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए । यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए । २८ औं मिनेटमा मच्छिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन ।

दुई मिनेटपछि मच्छिन्द्रले फेरि गोलको अवसर गुमायो । चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो । ४४ औं मिनेटमा नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो ।

खेलमा एपिएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो । मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे ।

दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।लिग अन्तर्गत च्यासल मैदानमा पुलिसविरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो । यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत् रहेको छ ।

पहिलो मिनेटबाट नै पुलिसमाथि हाबी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो ।

हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुयाएका थिए । यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए ।

हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पयाउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए । यससँगै जावलाखेल युथ क्लबले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत् छ ।

जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत् नै छ ।लिगमा बिहीबार दुई खेल हुनेछ । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर