एसिसी क्रिकेट : कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुने - Crazysaptahik.com

एसिसी क्रिकेट : कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुने

 


एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित खवर