योजना तथा बजेट निर्माणमा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्वन्धी छलफल - Crazysaptahik.com

योजना तथा बजेट निर्माणमा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्वन्धी छलफल

क्रेजी संवादाता, पथरी

पथरीशनिश्चरे नगरपालिकामा योजना तथा बजेट निर्माणमा लैंङगिक समानता र सामाजिक समावेशीकरण ९जेसी० सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । हिजो नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम साहारा नेपाल र नगरपालिकको सहकार्यमा भएको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो छलफल कार्यक्रमको सहजीकरण फेयर मेडकी जेसी स्पेसलिष्टरहेल्थ सिस्टम अफ जेसी स्पेशलिष्ट शोभा गुरुङले गरेकी थिइन् । कार्यक्रममा विशेषतः लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा र परिभाषाहरू, लैससास मूलप्रवाहीकरणको प्रक्रिया लगायत विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, स्वास्थ्य संयोजक मुरारी आचार्य, वडा नं-८ का वडाध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्की, २ नं- वडाध्यक्ष नैना राई, वडा नं- ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले आ–आफ्नो राय तथा सुझाव राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु चेतेन्द्र खड्का, विरबहादुर राई, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर