अक्षर पटेलको ’डबल’ प्रहार, दिल्लीसँग हैदरावादको हार - Crazysaptahik.com

अक्षर पटेलको ’डबल’ प्रहार, दिल्लीसँग हैदरावादको हार


आईपीएलको अर्को रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ७ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि पनि दिल्ली अंक तालिकामा भने पुछारमा रहेको छ ।

त्यसको ठीकमाथि हैदरावाद रहेको छ‘लो स्कोरिङ’ खेलमा पहिलो इनिङ्सदेखि नै बलरको वर्चस्व थियो। हैदराबादको राजीव गान्धी स्टेडियममा दिल्लीका कप्तान डेभिड वार्नरले टस जितेर पहिले ब्याटिङ रोजे ।

मैदानमा ब्याटिङ गर्न आएको दिल्लीको टोलीले ९ विकेट गुमाएर १४४ रन बनायो । दिल्लीका लागि अक्षर पटेल र मनिष पाण्डेले समान ३४–३४ रन बनाए । मिचेल मार्सले २५ र डेभिड वार्नरले २१ रनको योगदान दिए ।

हैदरावादका लागि वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । जवाफमा सनराइजर्स हैदरावादले बलियो सुरुवात ग¥यो । कुनै समय टोलीले सहजै लक्ष्य हासिल गर्ने देखिएको थियो तर अन्त्यसम्म हैदरावाद ७ रनले पछाडि पयो ।

मयंक अग्रवालले ४९ र हेनरिच क्लासनले ३१ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । वासिङ्टन सुन्दर २४ रनमा नटआउट रहे । दिल्लीका लागि पटेल र एनरिच नोर्टजेले २–२ विकेट लिए ।

सम्बन्धित खवर