विश्व टेस्ट च्याम्पियनसीपको लागि भारतीय टोलीको घोषणा, रहाणेको कम्ब्याक - Crazysaptahik.com

विश्व टेस्ट च्याम्पियनसीपको लागि भारतीय टोलीको घोषणा, रहाणेको कम्ब्याक

आईसीसी विश्व टेस्ट च्याम्पियनसीप २०२३ को फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ। अजिंक्य रहाणे भारतीय टोलीमा फर्किएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शनका कारण रहाणे टोलीमा फर्किएका हुन् ।

भारतीय टोलीको कप्तानी रोहित शर्माको हातमा हुनेछ । यता, फास्ट बलर जसप्रित बुमराहले टिममा स्थान पाएका छैनन्, उनी चोटका कारण टिमबाट बाहिर छन् । अष्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुन ७ बाट लण्डनको ओभल स्टेडियममा हुनेछ ।

भारतीय टोली यस प्रकार छ– रोहित शर्मा (क), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, केएल राहुल, केएस भारत (विकेटकिपर), आर अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनाडकट। ।

सम्बन्धित खवर