न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा - Crazysaptahik.com

न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

ललितपुरमा जारी “मेयर कप–२०८०” खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् ।

सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन्।

न्युडायमण्डले ललितपुर महानगरलाई २५–१, २५–१२ र २५–८ को सेटमा पराजित ग¥यो भने एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सेटमा पाखा लगायो पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले पाटन बहुमुखीमाथि २५–१३, २५–१० र २५–१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को स्कोरमा हरायो । ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर