आधारभूत स्वास्थ्य सेवा केन्द्र र खोप केन्द्रहरुको अनुगमन - Crazysaptahik.com

आधारभूत स्वास्थ्य सेवा केन्द्र र खोप केन्द्रहरुको अनुगमन

क्रेजी संवादाता पथरी, वैशाख १२
पथरीशनिश्चरे नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र खोप क्लिनिकहरुको आज अनुगमन गरिएको छ । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, सह–संयोजक जगतप्रसाद मगर लगायत अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।

पथरीशनिश्चरे वडा नं. १०, ९, ८, ६, ५ र २ को खोप केन्द्रहरुको अनुगमन गरिएको छ । अनुगमनबाट केही वडाका खोप केन्द्रहरु अति नै जीर्ण रहेको र कतिपयमा तार घेराबारा आवश्यक रहेको देखिएको छ ।

वडा नं. १० को खोप केन्द्र अब तुरुन्तै आफ्नै भवनमा सारिने भएको छ भने जीर्ण रहेको खोप केन्द्रहरुलाई तुरुन्त मर्मत् संभार गरिने नगरले जनाएको छ ।

सम्बन्धित खवर