काठमाडौँमा जारी एसीसी पुरुष प्रिमियर कप प्रतियोगितामा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य कुवेतले १४१ बल अगावै ६ विकेटको क्षतिमा पछ्याएको हो ।
कुवेतको जीतमा अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए भने मित भावसार २७ रन तथा यासिन पटेल २१ रन बनाएर अविजीत रहे । सिंगापुरका विनोथ बासकरन र अक्षय पुरीले २–२ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको थियो ।
सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् ।
त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।