डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित - Crazysaptahik.com

डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले पराजित गरेको थियो ।

चालू सिजनमा गुजरातको यो पाँचौं जित हो भने मुम्बईले चौथो हार बेहोरेको छ । यो जितसँगै गुजरातको टोली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई सातौँ स्थानमा छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

गुजरातका ओपनर शुभमन गिल (५६ रन)ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।

मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए । जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सके ।

२०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन मात्र जोडेको थियो । यो सिजनको दोस्रो कम स्कोरिङ पावरप्ले थियो। यति मात्र होइन, टोलीले लगातार विकेट गुमाउँदै गयो । मध्यक्रममा सबैभन्दा ठूलो साझेदारी ४५ रनको थियो।

सम्बन्धित खवर