लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी - Crazysaptahik.com

लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी

लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाँडेका हुन् । लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो ।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ । उता एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो ।पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो ।

यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।

सम्बन्धित खवर