नेपालको पाँचौँ विकेट गुम्यो, कुशल मल्ल आउट - Crazysaptahik.com

नेपालको पाँचौँ विकेट गुम्यो, कुशल मल्ल आउट

एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पाँचौँ विकेट गुमाएको छ । खेलको १७\२ ओभरमा कुशल मल्ल आउट भएका हुन् । त्यसअघि कप्तान रोहित पौडेल १६ औँ ओभरमा २७ रन बनाएर आउट भएका थिए ।

यसअघि १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भएका थियो । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भएका हुन् । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो ।

नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

सम्बन्धित खवर