ललितले दिलाए नेपाललाई सातौँ सफलता - Crazysaptahik.com

ललितले दिलाए नेपाललाई सातौँ सफलता

लकीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् ।

ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानलाई आउट गरेका थिए । नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा सन्दीप लामिछानेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेका छन् ।

कतारले २०\५ ओभरमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर