नेपाल जीतबाट एक विकेट टाढा - Crazysaptahik.com

नेपाल जीतबाट एक विकेट टाढा

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले नवौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले ३ रन भालिद वितिललाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो चौथौँ विकेट हो ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् । कतारले २३.४ ओभरमा ९ विकेटको क्षतिमा ८२ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर