इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश - Crazysaptahik.com

इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश

इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यी दुई टोलीबीच आज राति प्रतिस्पर्धा हुदैँछ ।

सम्बन्धित खवर