पाकिस्तानले न्यूजिल्याण्डलाई पाँच विकेटले हरायो - Crazysaptahik.com

पाकिस्तानले न्यूजिल्याण्डलाई पाँच विकेटले हरायो

पाकिस्तानले पाँच खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।

सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सहजै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि फखर जमानले १३ चौका र एक छक्का प्रहार गर्दै नवौं शतक पूरा गरे। उनलाई इमाम उल हक र बाबर आजमले साथ दिए । उनीहरुले क्रमशस् ६० र ४९ रन बनाए ।

जमानले आफ्नो इनिङ्सका लागि म्यान अफ द म्याचको अवार्ड पाए भने बाबर आजमले पनि यही इनिङ्सका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरे।

सम्बन्धित खवर