चेल्सीको लगातार पाँचौँ हार - Crazysaptahik.com

चेल्सीको लगातार पाँचौँ हार


घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौँ हार हो । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको भएको खेलको ३७औँ मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए ।

अन्ततः कतैबाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुङ्गियो । खेलको ७८औँ मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्ततः २–० मा टुङ्गियो ।

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अङ्क जोडेर ११औँ स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अङ्क जोडेर नवौँ स्थानमा उक्लिन पुगेको छ ।

सम्बन्धित खवर