ए डिभिजन लिगमा आज दुई खेल हुँदै - Crazysaptahik.com

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्स हुनेछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सम्बन्धित खवर