कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने - Crazysaptahik.com

कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने

क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ ।

युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । निकै कम गोलका अवसरहरू सिर्जना भएको खेलमा ६ पटकको विजेता फ्लोरेन्टिना सजिलै आफ्नो अघिल्लो लेगको अग्रता जोगाउन सफल रह्यो ।

टोलीका लागि रिकार्डो सोटिल मात्र गोल गर्न नजिक पुगेका थिए । फाइनल खेल २४ मेमा रोमको स्टाडियो ओलिम्पिकोमा हुनेछ । फ्लोरेन्टिनाले पछिल्लो पटक सन् २००१ मा कोपा इटालियाको उपाधि जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको छैन ।

सम्बन्धित खवर