पथरीशनिश्चरे ५ मा बेसिक सिलाई कटाई तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे ५ मा बेसिक सिलाई कटाई तालिम

क्रेजी संवाददाता
पथरी।
पथरीशनिश्चरे वडा नं. ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बेसिक सिलाई कटाई तालिमको आज समापन गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । समापन कार्यक्रमको सभाध्यक्ष कार्यपालिका सदस्य तथा वडा सदस्य तुलसा कार्की (मुना) रहनुभएको थियो । यस्तै शिविष्ट अतिथि वडा नं. ५ का अध्यक्ष चेतन खड्का, अतिथिहरु लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की, वडा सदस्यहरु विष्णुकुमार लिम्बु, विनयराज तिम्सिना, दिलबहादुर मगरले मन्तव्य राख्नुभएको थियो ।

यस्तै तालिममा सहभागीको तर्फबाट सरस्वती खतिवडा रेग्मीले आफ्ना कुरा राख्नुभएको थियो । सो तालिम वैशाख १० गतेदेखि १७ गते (आज)सम्म सञ्चालन भएको हो ।

सम्बन्धित खवर