लघुवित्तको ज्यादतीविरुद्ध सङ्घर्ष समितिः माग पुरा नगरे अनसनमा बस्ने चेतावनी - Crazysaptahik.com

लघुवित्तको ज्यादतीविरुद्ध सङ्घर्ष समितिः माग पुरा नगरे अनसनमा बस्ने चेतावनी

ईस्वर दुलाल
झापा।
लघुवित्त संस्थाको ज्यादतीबाट पीडितहरुको सङ्घर्ष समिति कोशी प्रदेश स्तरीय भेलामा बोल्दै केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले माग पुरा नभए अनसनमा बस्ने घोषणा गर्नुभएको छ । शनिबार झापाको कमलगाउँपालिका स्थित गुरागाईँ भवनमा सङ्घर्ष समितिका केन्द्रिय अध्यक्ष ज्ञवालीले सो कुरा घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष मणिराम ज्ञवालीले समूह सदस्य कुनै कारण एक सदस्यले किस्ता तिर्न नसकेको अवस्थामा सम्पूर्ण सदस्यको बचत वा ऋण बनाएर उक्त सदस्यको रकम असुल गर्ने प्रावधान गलत रहेको छ । मासिक किस्ता असुली गर्दा एक÷दुई दिन पनि पर्खिन नसक्नु, सदस्यको सामाजिक बदनाम गर्नु, आत्महत्या गर्न प्रेरित गर्नु, गाली बेइज्जत गर्दै कर्मचारीले विभिन्न नाममा धम्काउने र ज्यादतीको कारण महिला दिदी बहिनीबीच द्वन्द्व सिर्जना हुनुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।

“बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा बोकेर हिँडेको सङ्घर्ष समितिले देश भरिका पिडीतहरलाई एकबद्ध बनाएर न्यायको निम्ति अघि बढिरहेको छ । भेलामा कोशी प्रदेश अध्यक्ष शशिला थापा, झापा जिल्ला अध्यक्ष लुना राई, मोरङ अध्यक्ष ईश्वर खवास, उदयपूर अध्यक्ष बिना मगर, सुनसरी अध्यक्ष कुलसिम खातुन, लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले सरकारले लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गरिनुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतको माग गरेका छन् ।

लघुवित्त संस्थालाई कम्पनी ऐनमा दर्ता गरेर परिचालन गर्ने गरी नीति बनाउनु नै गलत भएको सङ्घर्ष समितिको भनाइ रहेको छ ।

कार्यम्रममा हजारौँको संख्यामा लघुवित्त संस्थाबाट पिडित महिला दिदि बहिनीहरुको उपतिथि रहेको थियो ।

सम्बन्धित खवर