वडा नं. ६ मा न्यायिक समितिको सार्वजनिक सुनवाई कार्यक्रम - Crazysaptahik.com

वडा नं. ६ मा न्यायिक समितिको सार्वजनिक सुनवाई कार्यक्रम

क्रेजी संवाददाता
हसन्दह । मोरङको पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. ६ को धिमाल महाराज थान भातेगौडामा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले बहु विवाह, श्रीमानसँग छोडपत्र नै नगरी परपूरुषसँग रहेको, सहकारी तथा लगुवित्तको पीडा, दोहोरो स्वामित्व, जग्गा विवाद, महिला हिंसा, सिमा विवाद लगायतको विषयहरूका बारेमा प्रश्नहरु उठाएका थिए ।
उठेका प्रश्नहरुलाई नगरका कानुनी सल्लाहाकार अधिवक्ता दिपक राई, नगर उप–प्रमुख तथा न्यायिक समिति संयोजक देवीमायाँ काफ्ले लगायत सरोकारवालाले जवाफ दिएका थिए ।
सो कार्यक्रममा पथरीशनिश्चरे–६ का वडाध्यक्ष कृष्णबहादुर बस्नेत, वडा सदस्यहरु विष्णुकुमार लिम्बु, विजय मण्डल, शान्ता थापा, न्यायिक समिति सदस्य पदम बहादुर धिमाल र कल्पना श्रेष्ठ, वडा नम्बर ६ मेलमिलाप समिति संयोजक सवेलाल राई, सदस्यहरु पुनम खतिवडा र कोपिला रिजाल, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर