रेन्जु राईद्वारा विद्यालयलाई विद्यालय पोशाकको व्यवस्थापन - Crazysaptahik.com

रेन्जु राईद्वारा विद्यालयलाई विद्यालय पोशाकको व्यवस्थापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा स्थापित हिरक आधारभूत विद्यालयलाई हाल अमेरिकामा रहनुभएका समाजसेबी रेन्जु राईद्वारा विद्यालय पोशाक व्यवस्थापन गरिदिनुहुने भएको छ ।
राईले पथरीशनिश्चरे शिबिर क्याम्पबाट जाने १ सय २० जना बराबरीको विद्यार्थीहरुको लागि विद्यालय पोशाक सिलाईसँगै पूर्ण तयारी गर्ने गरी व्यवस्थापन गर्ने हुनुभएको हो । राईले यसअघि पनि शिक्षा, स्वास्थ्य, खेलकुद र मानवीय विषम परिस्थितिहरुमा सहयोगको हात अघि पढाउदै आउनुभएको छ ।
सो विद्यालयमा अधिकांश क्याम्पको लागि उपयुक्त विद्यालय रहेको छ । बाल कक्षादेखि कक्षा–८ सम्म अध्ययन हुने यस विद्यालय क्याम्पबाट झण्डै ५ सय मिटरको दुरिमा रहेको छ । अति विपन्न, दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनेहरुको बच्चाहरु नै बढी पढ्ने यस विद्यालयमा यो नयाँ शैक्षिक शत्रसँगै विद्यालय पोशाक परिवर्तन गरिएको छ । जसले विद्यार्थीहरुमा नयाँ उमङ्ग आएको तर अभिभावकलाई बोझ हुनसक्ने भएकोले विद्यालय व्यवस्थापन समितिको निर्णयमा विद्यालयले स्रोत जुटाइ पोशाक उपलब्ध गराइने प्रक्रिया अगाडि बढाइ सकिएको छ ।
सो कार्यक्रम अन्तर्गत हाल हङकङमा हुने पूर्व बिद्यार्थी रिता लिम्बु पन्धाकद्वारा पनि २५ जना बिद्यार्थीहरुको लागि पोशाक उपलब्ध गराइसक्नुभएको छ ।
यसअघि पनि विद्यालयले गएको वर्ष मंगलबार र शुक्रबारको पोशाक पनि लागू गरेको थियो । जुन ४ लाख बराबरको पोशाक इन्ट्रा फाउण्डेसनद्वारा उपलब्ध गराइएको थियो । नयाँ शैक्षिक सत्रसँगै अन्य आन्तरिक गुणस्तरीय शिक्षामा जुटेको हिरक आधारभूत विद्यालयमा निजी विद्यालयबाट समेत एडमिसन गर्न अभिभावकहरुले चासो राखेका छन् ।

सम्बन्धित खवर