सहिद रत्न कुमार बान्तवा तेस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु - Crazysaptahik.com

सहिद रत्न कुमार बान्तवा तेस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

क्रेजी संवाददाता
पथरी । सहिद रत्न कुमार बान्तवा तेश्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० शुरु भएको छ । आज पथरीशनिश्चरे–२ को सिनभिलेज पार्टी प्यालेसमा एक भव्य समारोहका बीच प्रतियोगिताको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो ।
चैत ३० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता मार्फत् खेलाडीहरूको उत्पादन गर्ने र स्थानीय पर्यटकीय विकास र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक फ्रेण्डसिप चेश क्लब पथरीशनिश्चरेले गरेको छ ।
उद्घाटन समारोहलाई सम्वोदन गर्दै नगर प्रमुख तुम्वापोले मोफसलमा रहेका खेलाडीहरुको क्षमता विकासका लागि यस्ता प्रतियोगिताको योगदान महत्वपूर्ण रहने चर्चा गर्नुभयो । पूर्वका तारा भनेर परिचित सहिद रत्नकुमार वान्तवाको स्मृतिमा आयोजित प्रतियोगितामा १ सय २५ बढी खेलाडीहरूले सहभागिता जनाएका छन् ।
क्लबका अध्यक्ष अमीर राईको अध्यक्षतामा भएको सो प्रतियोगितामा वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बू, कोशी प्रदेश बुद्धिचाल संघ अध्यक्ष सुरेन्द्र राई तथा सदस्य राम मादेन , नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र लिम्बू,रेडस्टार माध्यमिक विद्यालय ( टिएन तिम्सिना , एभरेष्ट संचालक तथा निर्देशक दिनेश कन्दङ्वा, सुनाखरी माविका व्यवस्थापन अध्यक्ष प्रदीप राई , चन्द्र किराँतेश्वर मावि अध्यक्ष काशीहाङ राई, ( पूर्वराष्ट्रिय चेम्पियन बद्रीलाल नेपाली ,पूर्व चेम्पियन एवम् राष्ट्रिय खेलाडी नवीन तण्डुकार उपस्थिति रहेको थियो। समुद्घाटन समारोहमा रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, पथरीशनिश्चरे नगरप्याब्सनका अध्यक्ष सुरेन्द्र लिम्बु लगायतका अतिथिहरूले बुद्धिचाल प्रतियोगिताको सफलताको शुभ(कामना ब्यक्त गर्दै बुद्धिचाल प्रतियोगिताको थप विकास गर्नका लागि जुनसुकै प्रकारका सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
प्रतियोगितामा काठमाडौं, चितवन, धनकुटा, कञ्चनपुर देखि ताप्लेजुङ सम्मका १ सय २५ जना बढि खेलाडीहरूको सहभागिता रहनेछ । यस प्रतियोगिताका ३६ जना बेष्ट प्लेयरलाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ ।
प्रतियोगिताको प्रथम (च्याम्पियन), दोस्रो (फष्ट रनर अप) र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५१ हजार, ३६ हजार र २५ हजार रुपैयाँ सहित ३६ विधाहरूका बेष्ट प्लेयरलाई ३ लाख ५१ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष अर्जुन जम्नेली राईले बताउनुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.