एभरेष्टलाई बुद्धिचाल (चेस) प्रतियोगितामा सफलता - Crazysaptahik.com

एभरेष्टलाई बुद्धिचाल (चेस) प्रतियोगितामा सफलता

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित एभरेष्ट आवासीय माविले बुद्धिचाल प्रतियोगितामा सफलता हासिल गरेको छ । एभरेष्टले अन्य विद्यालयहरूलाई पछि पार्दै राष्ट्रव्यापी चेस प्रतियोगितामा तीन वटा पुरस्कार प्राप्त गरेको छ ।
फ्रेन्डसीप चेस क्लव पथरी शनिश्चरेले आयोजना गरेको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ मा एभरेष्टले सो सफलता प्राप्त गरेको हो ।
एभरेष्ट स्कुलमा अध्ययनरत आयुश लिम्बु १६००–१४०० रेटिङ समूहमा प्रथम भएका छन् । यस्तै रोशन ढुंगाना स्कुल दोस्रो र अर्बिन भट्टराईले तेस्रो पुरस्कार जितेका छन् ।
एभरेष्टले भलिबल प्रतियोगिता, कराँते प्रतियोगिता लगायतका खेलहरूमा समेत आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेको छ । यसैगरी नृत्य, गायन, पेन्टिङ लगायतका अतिरिक्त क्रियाकलापमा अगाडि रहेको अभिभावकहरू सुझाउँछन् । पथरीशनिश्चरेमा भएको ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधि चुम्न सफल भएको थियो ।
यस्तै फागुन महिनामा भएको ‘१३ औं प्याब्सन स्पोर्ट्स मिट २०८०’ मा एभरेष्टका विद्यार्थीहरुले भलिबलमा प्रथम पुरस्कार आफ्नो पोल्टामा पारेको थियो ।

सम्बन्धित खवर