प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप हुने - Crazysaptahik.com

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप हुने

क्रेजी संवाददाता
पथरी । पथरी ११ फुटबल क्लबको आयोजनामा आउँदो जेठ १२ गतेदेखि जेठ २१ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप खुल्ला नकआउट–२०८१ फुटबल प्रतियोगिता हुनेभएको छ ।
आज आयोजकले पथरी बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा कूल १० वटा टोलीहरूले सहभागिता जनाउने छन् । टिम सहभागिताका लागि ए डिभिजन र केही मोफसलका चर्चित टोलीहरुसँगै भारतको एउटा टिमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक एवं आयोजकका सचिव सुमन विकले जानकारी गराए ।

पथरी शनिश्चरे वडा नं. १ को पथरी रंगशाला जाँते मोडमा हुने सो प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु. ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन आयोजकका सचिव सुमन विकले गरेका थिए भने मनि लुङ्फुङ्वा, विक्रम लिम्बु, गणेश थक्लुङ र गणेश खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर