क्रेजी समाचारदाता
पथरी । प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. १ ले आफ्नो पोल्टामा पारेको छ ।
आज भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई शुन्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औं मिनेटमा वडा नं. १ को तर्फबाट रबिन राईले गोल गरेका थिए । सोही गोल वडा नं. १ को लागि विजेता बन्न पर्याप्त बन्यो । विजेता टिमले नगद रु ३१ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त ग¥यो भने उपविजेता टिमले नगद रु. २१ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्राप्त ग¥यो ।
खेलमा म्यान अफ दी म्याच सोनाम गुरुङ घोषित भए भने ‘गोल्डेन बल’ वडा नं. ९ का सायन राईले र ‘गोल्डेन ग्लोब’ वडा नं. १ का गोलकिपर विशाल दर्लामीले प्राप्त ग¥यो ।
खेलको समापन समारोहको अध्यक्षता वडा नं. १ का वडाध्यक्ष भीम राई, प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरू लोककिरण न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, शिक्षा शाखा प्रमुख नविन खुलाल, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, शिक्षासेवी प्रदिपकुमार राई, शान्ति वनका अध्यक्ष कुलमणि गुरुङ, देवराज भण्डारी, कुलबहादुर गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।