ज्ञानकुञ्ज मन्टेश्वरीको दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न - Crazysaptahik.com

ज्ञानकुञ्ज मन्टेश्वरीको दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–१ शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मण्टेस्वरी प्रि–स्कुलले भव्य रुपमा दिक्षान्त समारोह, वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

आज मन्टेश्वरीको प्राङ्गणमा भएको सो कार्यक्रममा नानीबाबुहरुद्वारा विविध साँस्कृतिक कार्यक्रमसँगै कक्षा १ बाट दिक्षित विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबाबुहरूले रमाइलो र आकर्षक प्रस्तुतिहरु दिएका थिए । ¥याम्स, नृत्य, गायन र स्पिच जस्ता गतिविधिहरूका साथ उनीहरूले ‘साना साना आँखा तर’, ‘रैयाँ चादिँको’, ‘दुस्मन हेरेको हेरै’ र ‘पानी मिठो मेरो हजुर’ लगायतका गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षिका एवम् विद्यार्थीहरूको ‘चाहे झुकोस निलो आकाश’ बोलको देश भक्ति गीतमा नृत्य तथा शिक्षिकाहरूको सामुहिक नृत्यले अभिभावकहरूबाट विशेष प्रशंसा पायो । विद्यालय व्यवस्थापन समितिका सदस्य रोजिला पौडेल, प्रिन्सिपल प्रीति मगर लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा अभिभावकहरू र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अरुणा लिम्बुले गर्नुभएको थियो भने शिक्षिका सञ्जु लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो । अतिथिहरूलाई शिक्षिका सरु खत्री र रक्षा घिमिरेले खदा र व्याज वितरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको विद्यालयकी संस्थापक एवम् शिक्षिका निर्मला राईले दिक्षित विद्यार्र्थीहरूलाई शुभकामना दिँदै भन्नुभयो–‘आज दिक्षान्त समारोहमा तपाईंहरू सबैलाई दिक्षित गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं । तपाईंहरू सानै उमेरमा सिकाइको महत्वपूर्ण चरण पार गर्दै अगाडि बढ्दै हुनुहुन्छ, यो हामी शिक्षक शिक्षिकाहरुका लागि गौरवको कुरा हो । आगामी दिनमा अझ लगनशील भई अध्ययन तथा अतिरिक्त क्रियाकलाहरूमा प्रगति गर्नुहोला भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धित खवर