पिस ल्याम्पद्वारा मगर संघलाई सहयोग - Crazysaptahik.com

पिस ल्याम्पद्वारा मगर संघलाई सहयोग

क्रेजी साप्ताहिक
पथरी । पिस ल्याम्प इन्टरनेशनल प्रालीले नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटिलाई सहयोग प्रदान गरेको छ। सुकेधारा काठमाडौमा कार्यलय रहेको पिस ल्याम्पले बैशाख ६ गते आयोजना गरेको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट केही प्रतिशत रकम बसाबरको सहयोग गरेको पिस ल्याम्पका निर्देशक अनुप योञ्जनले बताए।

नेपाल मगर संघलाई १ थान दराज र ३ थान सिलिङ्ग फ्यान प्रदान गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै योञ्जनले मनोरञ्जनात्मक कार्यक्रमबाट संकलित रकमको केही भाग आफुले सामाजिक कार्यमा योगदान गर्ने योजना अनुरुप मगर संघलाई सहयोग प्रदान गरेको बताउदै आगमी दिनमा समेत यस्ता सहयोहरु निरन्तर रहने बताए। सहयोग प्राप्त गरे पश्चात् मगर संघ नगर कमिटीका सचिव खगेन पुलामीले पिस ल्याम्पको सहयोग कार्य सर्हानिय रहेको बताए।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.