स्वास्थ्य शिविर सम्पन्न - Crazysaptahik.com

स्वास्थ्य शिविर सम्पन्न

Image may contain: 4 people, people smiling, people sitting, people standing, office and indoor

क्रेजी साप्ताहिक
पथरी।पथरीशनिश्चरे नगरपालिकाले  सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण  लाई प्राथमिकता दिँदै फिस्टुला  तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ । जसमध्ये १९ जनामा पाठेघरको क्यान्सर हुनसक्ने प्रारम्भिक लक्षण फेला परेको छ । ३४ जनामा पाठेघरको मुखको घाउ, ६७ जनामा सेतो पानी वग्ने सहितका यौन देखा परेको छ । ९० जनामा पाठेघरको विभिन्नखाले समस्या देखिएर भिडियो एक्सरे गरिएको छ । ३० जनामा सिस्टोसिल, १६ जनाको पाठेघर खसेको, एकजनाको पिसाव चुहिने फिस्टुला समस्या देखा परेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र अरनिको अस्पताल उर्लावारीको प्राविधिक सहयोगमा स्थानीयको उत्साहपूर्ण सहभागिामा शिविर सञ्चालन भएको थियो । महिलामा देखा पर्ने यस्ता समस्याहरु जनचेतनाको कमी, रोग लुकाउने प्रवृतिका कारण वढ्दो रहेको मोरङ जिल्ला स्वास्थ्य प्रमुख ज्ञान वा वस्नेत वताउछन् ।

मोरङ जिल्लाको तेस्रो ठुलो शहरका रुपमा रहेको यस पालिकामा महिला मात्र देखा पर्ने रोगको अवस्था सामान्य रहेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्य वताउछन् । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा यस अघि पनि विभिन्न कार्यक्रम गर्दै आएको भएतापनि महिला सग सम्धीत कार्यक्रम भने पहिलो रहेको छ । उक्त क्षेत्रमा गरिव तथा पिछडीएका बर्गको स्वास्थ समस्यालाई मध्यनजर गर्दै डाक्टर सहितको १५ शैयाको अस्पतालको स्वीकृती भएको स्वास्थ संयोजक मुरारी आचार्यले वताए । शिविरमा महिला रोग विषेश्यज्ञ डा।गौरि शंकर झा, वालकृष्ण शाह, रेडियोलोजिष्ट विशाल प्रतिक मिश्र लगाएतको शिविरमा सेवा प्रदान गरेका छन् ।

सम्बन्धित खवर