बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु - Crazysaptahik.com

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

 

क्रेजी साप्ताहिक
बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालीका ८ सलकपुरमा हिजो भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख २१४२ नंवरको वसले बिपरित दिशातर्फ आउदैगरेको मे १० प ६२११ नम्बरको मोटरसाइकललाई वेलुकी सवा ५ बजेको समयमा ठक्कर दिएको थियो ।

ठक्करवाट मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका २ बस्ने २६ वर्षिय जीवन राई गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ६ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकल प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर