राष्ट्रिय उद्यमशीलताको एक हप्ते तालिम सुरु - Crazysaptahik.com

राष्ट्रिय उद्यमशीलताको एक हप्ते तालिम सुरु


भूमिप्रसाद पाठक
मोरङ । मोरङको पथरीशनिश्चरे(२ मा अवस्थित वाल्मीकि मेमोरियल बोर्डिङ्ग स्कुलको सभाहलमा राष्ट्रिय लघु तथा घरेलु उद्योगको तालिम प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

एभरेष्ट आर्ट फ्युजयनको व्यवस्थापन सहयोगमा पथरीशनिश्चरे नगरपालिकाकी कार्यपालिका सदस्य अरुणा राईले व्यानर पढेर उद्घाटन गरेकी थिइन्। विशिष्ट अतिथिको तर्फबाट बोल्दै — राईले ‘यस्तो तालिम थुप्रै गराए पनि यो तालिमले ठोस उपलव्धिहोस् भन्दै यस तालिमलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता’ जाहिर गरिन् कार्यक्रममा विशिष्ट अतिथिहरुका रुपमा वडा नं(१ का वडासदस्य दुर्गाप्रसाद सिटौला वडा नं(२ का महिला सदस्य सीता भुषाल र प्रशिक्षण सुरेन्द श्रेष्ठ र गणेश राउत रहेका थिए । सोही कार्यक्रमको अतिथिमा एभरेष्ट माविका निर्देशक रविन कन्दङवा र नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना रहेका थिए । सो तालिम बैशाख २२ गतेदेखि २८ गतेसम्म चल्ने तालिममा ५० भन्दा बढी सहभागी रहने छन् । उ्रक्त कार्यक्रममा अध्यक्षता एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले गरेका थिए । कार्यक्रमको सञ्चालन सोही समितिका सह–सचिव दीपक ढुङ्गाना ‘दियालो’ ले गरेका थिए । सो कार्यक्रमको बिशेष सहयोगीको रुपमा पथरीशनिश्चरे नगरपालिका रहेको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.