नगर कार्यपालिका बैठक - Crazysaptahik.com

नगर कार्यपालिका बैठक

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको वैठकले कर्मचारीहरुको अभावको अवस्थालाई ध्यानमा राख्दै कार्यालय समय भन्दा थप समय समेत काम गर्न प्रोत्साहित गर्ने निर्णय गरेको छ ।

मंगलबार नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा बसेको बैठकले कर्मचारी समायोजन भएर नगरका कर्मचारी अन्यत्र जानु परेको र यहाँ आउने कर्मचारी आइनसकेकाले मौजुदा कर्मचारीलाई थप समय कामको जिम्मेवारी दिने निर्णय गर्नुपरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।


प्रवक्ता गुरागाईंका अनुसार बैठकले दीर्घरोगीको औषधि उपचारका लागि थप १० लाख रकमको रकमान्तर, ढल निर्माणका लागि जग्गाको प्रक्रियालाई अघि बढाउने, मिनी ट्पिर खरिद गर्ने सहितका निर्णय गरेको छ । साथै वडा नम्वर २ मा सञ्चालित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पतालको स्वीकृती प्राप्त भएको पनि बैठकमा जानकारी गराइएको छ । नगरको फोहोरमैला व्यवस्थापनमा फिजिविलिटी अध्ययन गर्ने, फोहोरमैला र घर वहाल कर उठाउने कर्मचारीको व्यवस्थापन सहितका विषयमा वैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर