नगर क्षेत्रमा शान्ति सुव्यवस्थाका लागि सुरक्षा वैठक - Crazysaptahik.com

नगर क्षेत्रमा शान्ति सुव्यवस्थाका लागि सुरक्षा वैठक

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा शान्ति सुव्यवस्था चुस्त बनाउन प्रहरीको विशेष सक्रियताका साथ सवै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको वैठकले निष्कर्ष निकालेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरपालिकाले मंगलबार बोलाएको सर्वपक्षीय वैठकमा सहभागीले नगरमा हुँदै गएका रहस्यमय मृत्यु प्रकरणले नगरमा छाएको अशान्तीलाई सवै मिलेर सहज बनाउन लाग्नु पर्नेमा जोड दिइएको छ । शान्ति सुव्यवस्था कायम गर्न र अपराध अनुसन्धानमा प्रहरी सक्रिय बन्न नसकेको यसअघिको परिवेशलाई चिर्दै रात्रीकालीन गस्ती समेत गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।

नगरमा भएको रहस्यमय मृत्यु प्रकरणकी रिना वस्नेत र षडराज तामाङको घटनाको सत्यतथ्य अनुसन्धानमा प्रहरी सक्रियताको वैठकले अपेक्षा गरेको छ । पथरी बजार क्षेत्रमा यसअघि जडान भएका सीसी टीभी क्यामेरा मर्मत गर्दै थप स्थानमा जडान गर्न पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ ।

विभिन्न घटनाहरुले नगरवासीमा छाएको त्रासलाई कम गराउँदै अबको १५ दिनसम्म राति ९ बजेसम्म मात्र होटल व्यवसाय सञ्चालन गर्ने र त्यसपछि सम्वन्धित पक्षसँग पुन छलफल बढाउने निर्णय भएको छ । वैठकमा, नगर प्रमुख दिलिपकुमार राईले नगरका सवै सडकको नामाकरण गर्ने सहितका सुरक्षा व्यवस्थापनका योजना अघि बढाउने जनाए । नगरका वडाध्यक्षहरु, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख सुवास भट्टराई सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर