भूमिप्रसाद पाठक
पथरी l गत हप्ता सम्पन्न नानीहरुको प्रतिभालाई तिखार्ने तथा प्रतिभा प्रस्फुटन गर्ने हेतुले काठमाडौँमा सम्पन्न बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा गर्ने प्रतियोगितामा किड्स क्यापिटलको उपाधि आरजू श्रेष्ठले जितेकी छिन् ।
टच इन्टरटेनमेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मैशा थापाले क्रमशः फस्ट, सेकेन्ड तथा थर्ड रनर्सअपको उपाधि जिते । सिनियरतर्फ अर्पिया लामाले फस्ट रनर्सअप पार्थ कोइरालाले सेकेण्ड रनर्सअप तथा अनुष्का खड्काले थर्ड रनर्सअपको उपाधि हात पारिन् ।