एभरेष्टद्वारा आज दुई जना सम्मानित हुदै - Crazysaptahik.com

एभरेष्टद्वारा आज दुई जना सम्मानित हुदै

क्रेजी साप्ताहिक
पथरी । आज विहिबार पथरीशनिश्चरे–१ मा स्थापित एभेष्ट माविमा दुई जना स्रष्टा सम्मानित हुँदैछन् । प्रजातन्त्र सेनानी एवम् साहित्यकार तथा शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छा सम्मानित हुनेछन् ।

सीएम कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरे मोरङले आज साहित्यिक कार्यक्रमका माझ पुरस्कार प्रदान गर्दैछ । कोषका अध्यक्ष गायक रविन कन्दङ्वाले पहिलो पटक ५० हजार राशीको राष्ट्रिय विशिष्ठ प्रतिभा सम्मान विशिष्ठ लोकगायक जोशीलाई र ३५ हजार राशीको राष्ट्रिय युवा प्रतिभा सम्मान धनकुटेलाई प्रदान गरिने भएको हो । दुवै सर्जक झापा दमकका हुन् । वि.सं. २०४३ सालमा पथरीशनिश्चरेको पहिलो संस्थागत विद्यालय एभरेष्ट माविको स्थापना गर्नुभएका सीएम कन्दङ्वाको जन्मजयन्तीको सन्दर्भ पारेर वर्षेनी विद्यालयले पुरस्कार प्रदान गर्न ५ लाखको कोष खडा गरेको छ ।

विशेषत : प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई विद्यालयले वर्षेनी पुरस्कार प्रदान गर्दै जानेछ । आजको पहिलो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा प्रदेशका प्रतिनिधि साहित्यकारका रचन समेत प्रस्तुत गरिनेछ । वि.स. १९८५ चैत २९ गते भारतको दार्जिलिङमा जन्मिनु भएका कन्दङ्वाको ०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो । उहाँका ४ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

सम्बन्धित खवर