अमरदह ढल्के जोवन गोल्डकप - Crazysaptahik.com

अमरदह ढल्के जोवन गोल्डकप

क्रेजी साप्ताहिक
पथरी । मोरङको सुनवर्षी–२ अमरदहमा भइरहेको अमरदह ‘ढल्के जोवन गोल्डकप’को उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी भएको छ । मोरङको सुनवर्षी २ अमरदहमा जारी खेलमा आयोजकको बि टिमलाई ०–३ गोल अन्तरले पराजित गरेको थियो ।

शनिवारदेखि सुरु भएको सो प्रतियोगितामा आयोजक ढल्के जोवन युवा क्लवको बी टिम र संखुवासभाको ह्याङथुम क्लव मादी बीच प्रतिष्पर्दा भएको हो । अपरान्ह ४ः३६ मा सुरु भएको खेलमा खेलको १० औँ मिनेटमा नै संखुवासभाका प्रेम घिमिरेले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको २४ औँ मिनेटमा पुन सतिस केसीले गोल गर्दै नतिजा दोब्बर बनाए । संखुवासभाका गोल रक्षकले आयोजकका डिफेन्सलाई डिबक्समा लडाएपछि आयोजकले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै वुद्धहाङ राईले आफ्नो टिमलाई गोलको खाता खोले । खेलको दोस्रो हाफको १८ औं मिनेटमा फेरि संखुवासभाका सतिस के.सीले आर्को गोल थपेपछि खेल ३–१ को अवस्थामा पुग्यो ।

शनिवार भएको खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता प्रेम घिमिरे घोषित भए । उनले नगद २ हजार र मेडल प्राप्त गरेका छन् । यस्तैगरी आइतबारको खेलमा उर्लाबारी भेट्रान बिजयी भएको छ । आइतबारको खेलमा बिर्तामोड भेट्रानलाई ४–० गोल अन्तरले पाखा लगाउदै उर्लाबारीले बिजयी भएको हो । खेलको २९ औं मिनेटमा उर्लाबारीका अनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको सुरुवातदेखि नै दबाबमा राखेको उर्लाबारीले दोस्रो हाफको २० औँ मिनेटमा फेरि अर्को गोल थप्यो । बुद्ध चेम्जोङले उर्लाबरीका लागि दोस्रो गोल गरेका थिए । २४ आँै मिनेटमा पुनः अनिल गुरुङले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । खेलको समय सकिनै लाग्दा ३३ औँ मिनेटमा उर्लाबारीका विकेन्द्र लिम्बुले पुनः गोल गरेर टिमलाई ४–० को फराकिलो अन्तरले जित दिलाए । आइतबारको खेलमा म्यान अफ द म्याच उर्लाबारीका अनिल गुरुङ घोषित भए । उनले नगद २ हजार र मेडल प्राप्त गरे । गुरुङ नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान समेत हुन् ।
यस्तैगरी सोमबारको खेलमा पूर्वाञ्चल भेट्रान दमक बिजयी भएको छ । बिराट स्पोटर्स एकेडेमी बिराटनगरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दमकले आफ्नो बिजयी यात्रा अगाडि बढाएको हो ।

मंगलबारको खेलमा पूर्वाञ्चल भेट्रानका खेलाडी प्रवेश कटुवाल म्यान अफ द म्याच घोषित भए । उनले अफ्नो टिमका लागि २ गोल गरेका थिए । कटुवालले नगद २ हजार र मेडल प्राप्त गरे । बैशाख २१ देखि सुरु भएको खलमा पहिलो चरणका खेलहरु भइरहेका छन् । मंगलबार सम्म ३ वटा खेल सकिएका छन् । प्रदेश १ को यो सबैभन्दा ठुलो धन रासीको भेट्रान गोल्डकप हो । यसको बिजेताले २ लाख ११ हजार, उप बिजेताले १ लाख ५१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

सम्बन्धित खवर