रेडस्टारद्वारा विदाई कार्यक्रम - Crazysaptahik.com

रेडस्टारद्वारा विदाई कार्यक्रम


करण धिताल l पथरी 

पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरुलाई विहिबार विदाई कार्यक्रम गरेको छ ।
पथरीशनिशचरे–१ गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको सो कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राखे भने विद्यार्थीहरुलाई प्रमुख अतिथि पूर्व सांसद चण्डीप्रसाद राईले मायाको चिनो प्रदान गरेका थिए ।

सो कार्यक्रममा अभिभावकका तर्फबाट मैना कुमारी राईले आफ्नो राय व्यक्त गरिन् । विदाई कार्यक्रममा सूर्याेदय स्कुल दमककी म्याग्डेलिन सिंहले विद्यार्थीहरुलाई शुभकामना दिएकी थिइन् । यस्तै चण्डीप्रसाद राई र अतिथिहरु अरुणा राई, गिता विक, दिनानाथ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका शैक्षिक संयोजक गणेश बिष्टले गरेका थिए । १ सय ४५ जना विद्यार्थीहरुले यस पटक रेडस्टारबाट १२ कक्षा उत्तीर्ण गरेका हुन् ।

सम्बन्धित खवर