उद्घोषण तालिम सम्पन्न - Crazysaptahik.com

उद्घोषण तालिम सम्पन्न


क्रेजी साप्ताहीक पथरी
मोरङको कानेपोखरी ७ स्थित आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुमा उद्घोषकला प्रति रुची बढाउँदै डेढ सय विद्यार्थी विद्यार्थी तालिममा सहभागि भएका छन् ।
५ दिने उद्घोषण तालिमको उद्घाटन् गर्दै ७ नम्वर वडाध्यक्ष मदन अधिकारीले अहिलेका पुस्तालाई सृजनशील वन्ने तालिमका प्रसस्त अवसर रहेकाले समाज रुपान्तरमा उनीहरुको भुमिका रहने विश्वास व्यक्त गरे । .
कार्यक्रममा, समाजसेवी हरि पौडेल, तालिमका सहजकर्ता एवम् पथरीशनिश्चरे नगरपालिकाका सुचना संयोजक भुपेन्द्र तिम्सिना, विद्यालयका निर्देशक एमबी थापामगर र प्रिन्सिपल अगमबहादुर लिम्बुले मन्तव्य व्यक्त गर्दै विद्यार्थीमा औपचारिक ज्ञानसँगै सृजनशील सिकाई आवश्यक रहेको चर्चा गरेका थिए । .
कक्षा ३ सम्मका विद्यार्थीहरुमा उद्घोषण सहितको सृजनशीलताको अभिरुची देखिएको प्रशिक्षक तिम्सिनाले जनाए ।.उनीहरुका लागि उद्घोषणसँगै कसरी आफु सृजनशील वन्ने भन्ने विषयमा छलफल गर्दै प्रेरण प्रसंगका विभिन्न सामग्रीका माध्यमबाट जानकारी गराइने उनले उल्लेख गरे । ३ दिनसम्म तालिम लिएकामध्येबाट उत्कृष्टहरुको छनौट गरी थप २ दिने विशेष तालिम प्रदान गरिने छ । तिम्सिनाले ‘सृजनशील गतिविधि’का यसखाले तालिम विद्यालय तथा संघ संस्थामा प्रदान गर्ने अभियान सञ्चालन गर्दै आएका छन्

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.