क्रेजी साप्ताहिक पथरी
एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ । आज दिउँसो करिव साढे १२ वजे मुखमा कालोपट्टि वाँधेर आएका केही व्यक्तिहरुले कार्यालयमा तोडफोड गरेका छन् । कर्मचारीहरू काम गरिरहेको बेला कार्यालयमा आएका केही मानिसले तोडफोड गरेर गएका हुन् ।
आफुहरु काम गरिरहेको वेला आइ कार्यालयका शिसा फुटाएर एभिन्युजको व्यानर पनि च्यातेर उनिहरु गएको एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले वताइन । ‘उनिहरू को हुन् र किन तोडफोड गरे । केही भनेनन् । समाजवादी पार्टीका कार्यकर्ता हुन् कि जस्तो लाग्छ।’ श्रेष्ठले वताइन । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता हिजो प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।
अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।