प्रदेशस्तरिय सि.एम कन्दङवा क्रिकेट प्रतियोगिता हुने - Crazysaptahik.com

प्रदेशस्तरिय सि.एम कन्दङवा क्रिकेट प्रतियोगिता हुने


प्रेमप्रसाद भटराई(के.डि)
मोरङको पथरीशनिश्चरेमा प्रदेश नं १ स्तयि दोश्रो सि.एम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवले आयोजना गर्ने सो प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवासीय मा.बि रहेको छ भने टिका फेन्सी स्टोर,पथरीशनिश्चरे नगरपालीका, ट्रु भ्याली र वल्र्डलिंक प्रायोजकको रुपमा रहेका छन् ।
‘स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ जेष्ठ ११ गतेदेखी १८ गतेसम्म पथरी रंगशालामा सम्पन्न हुने सो प्रतियोगितामा १ नंवर प्रदेशका विभिन्न १६ वटा टिमले सहभागीता जनाउनेछन् । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोश्रो पुरस्कार ३३ हजार ३ सय ३३ का साथ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ , त्यस्तै बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, मेन आफ द सिरिज ले २ हजार ५ सय ५५ का दरले र प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार १ सय ११ का साथ ट्रफि नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ३ लाख ८० हजार रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता अवधीभर दर्शकले वल्र्डलिंकको फ्रि वाईफाईको मजा लिने पाउने छन् ।

सम्बन्धित खवर