तिनतला माथिबाट खसेर पुजा शर्माको मृत्यु - Crazysaptahik.com

तिनतला माथिबाट खसेर पुजा शर्माको मृत्यु

क्रेजी साप्ताहिक ईटहरीः सुनसरीको इटहरीमा सोमबार राती घरको तिनतला माथिबाट खसेर एक युवतीको मृत्यु भएको छ । इटहरी संगित चौककी १७ बर्षीया पुजा शर्मा ३ तलावाट झरेर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १० बजे मृत्यु भएको इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए।
घरबाट खसेर गम्भीर अवस्थामा उपचारको लागी विपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको समेत खरेलको भनाई छ । मृतक पुजाले इटहरीस्थित कस्तुरी कलेजमा भर्खरै बिबिएस दोस्रो बर्षमा राम्रो अंक ल्याएर परिक्षा पास गरेकी थिईन ।

सम्बन्धित खवर